Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेपाल–भारतबीचका समस्या संवादमार्फत समाधान हुन्छ : प्रम ओली

    नेपाल–भारतबीचका समस्या संवादमार्फत समाधान हुन्छ : प्रम ओली

    अनलाइन नेपाल
  • शुक्रबार, २१ कार्तिक २०७७
  • 3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज शिष्टाचार भेट गरेका छन् ।

    भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।



    दुई देशबीच शदिऔंँ पुरानो विशिष्ट सम्बन्ध रहेको जनाउँदै प्रधानमन्त्री ओलीले दुई देशका सेनाप्रमुखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको पनि स्मरण गरे ।



    भेटमा प्रधानमन्त्रीसँगै उनका विदेश मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल तथा नरवणेसँगै नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी थिए ।

    तीन दिने नेपाल भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष नरवणेले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार