Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • प्रधानमन्त्री ओलीको आरोप -प्रचण्डले गुटगत बैठक बसेर झुटा कुरा गरे

    प्रधानमन्त्री ओलीको आरोप -प्रचण्डले गुटगत बैठक बसेर झुटा कुरा गरे

    अनलाइन नेपाल
  • शनिबार, २२ कार्तिक २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व विवाद चर्को बन्दै गएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यशैलीप्रति खुलेर आपत्ति जनाएका छन्।

    प्रधानमन्त्री ओलीले गुटगट भेला गर्नुले पार्टीभित्रको विवादलाई झन जटिल बनाउने र यसले अस्थिरता निम्त्याउने बताएका छन् ।



    एपीवान टेलिभिजनसँगको अन्तर्वातमा बोल्दै प्रधानमन्त्री ओलीले जसले जति बेला भन्यो त्यति बेला बैठक नबस्ने बताएका छन् ।



    ओलीले भने, ‘जल्ले जति बेला बसौं भन्यो त्यतिबेला बस्न सकिदैन । दुई अध्यबीच परामर्श हुन्छ र महासचिवले बैठक बोलाउने हो, त्यसै अनुसार बैठक हुन्छ । बाटोमा हिन्दा हिन्दै बैठक बोलायो भने बैठक बस्दैन।’

    उनले धुम्वाराहीमा प्रचण्ड पक्षले गुटगत बैठक बसेर झुटा कुरा र निश्कर्ष निकाल्दै गलत दिशातिर राजनीति र पार्टीलाई लैजान खोजेको आरोप लगाए।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालसहित उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग सचिवालयको अनौपचारिक बैठकसमेत गरिसकेका छन्।

    स्वार्थका लागि हिँड्दा पार्टीभित्र विवाद उत्पन्न भएको प्रधानमन्त्री ओलीको भनाइ थियो।

    प्रधानमन्त्री ओलीले केही मन्त्रीहरु फेरिन सक्ने र प्रधानमन्त्री नफेरिने पनि दाबी गरे । मन्त्रिमण्डल पुनर्गठन पनि तत्काल नहुने प्रधानमन्त्री ओलीको भनाई छ ।

    आफु नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको पक्षमा रहेको वताउँदै प्रधानमन्त्री ओलीले भने,  ‘प्रधानमन्त्री र अध्यक्ष भइसकेकाहरुले अब नेतृत्वको दाबी छाड्नु पर्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार