Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम, राजिनामा गराउन दबाब

    ओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम, राजिनामा गराउन दबाब

    अनलाइन नेपाल
  • आइतबार, २६ बैशाख २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एमालेको माधव नेपाल पक्षले वैशाख २७ गते बिहान  ९ बजेसम्म आफ्नो अल्टिमेटम पूरा गरेमा संसदमा विश्वासको मत दिने निर्णय गरेको छ । ओलीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्कन अन्तिम मौका दिएको हो ।

    माधव नेपाल पक्षको आइतबार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।



    बैठकपछि नेता योगेश भट्टराइले भने, ‘फागुन २३ को फैसला अनुसार एमाले स्वत २०७५ जेठ २ को अवस्थामा फर्किएको छ । यो अवस्थामा पार्टीको जीवन, संगठन, नेतृत्व र विचार पूर्ववत अवस्थामा फर्कनुपर्छ भन्ने हो । हामीले त्यहाँ फर्कन अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण, गराएका छौ र सहमतिका आधारमा पार्टी सञ्चालनको प्रतिवद्धता खोजेका छौ त्यसका लागि भोलि विहान नौ बजेसम्मको समय दिएका छौ’।



    ९ बजेसम्म ओलीले सम्बोधन नगरे साढे ९ बजे बैठक बसेर राजीनामा वा अन्य कुनै निर्णय लिइने माधव नेपाल पक्षको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार