Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रचण्ड- नेपाल पक्षको महासचिवमा सुरेन्द्र पाण्डे

    प्रचण्ड- नेपाल पक्षको महासचिवमा सुरेन्द्र पाण्डे

    अनलाइन नेपाल
  • बिहिबार, ९ पुष २०७७
  • 4.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रचण्ड – नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टीको महासचिवमा सुरेन्द्र पाण्डे बन्ने भएका छन् ।

    पाण्डेलाई  केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने वताइएको छ ।



    नेताद्वय भीम रावल र जनार्दन शर्मालाई पछार्दै महासचिवमा पाण्डेले बाजी मार्न लागेका हुन। पाण्डे  तत्कालीन एमालेको महाधिवेशनमा महासचिवमा पराजित भएका थिए।



    प्रधानमन्त्री केपी ओली पक्षको नेपाल कम्युनिष्ट पार्टीको महासचिव भने विष्णु पौडल छन्।

    प्रचण्ड–नेपाल पक्षको आज बस्ने केन्द्रीय कमिटी बैठकले संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने जनाइएको छ।

    निर्वाचन आयोगले चुनाव चिन्ह र पार्टीबारे निर्णय गर्न बाँकी छ । ओलीले गरेको संसद बिघटनबारे भोली सर्बोच्च अदालतको संबैधानिक इजलासबाट सुनुवाई हुँदै छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार