Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • यी हुन् प्रचण्डलाई धोका दिएर ओलीलाई साथ दिने र अब बन्ने मन्त्रीहरु

    यी हुन् प्रचण्डलाई धोका दिएर ओलीलाई साथ दिने र अब बन्ने मन्त्रीहरु

    अनलाइन नेपाल
  • सोमबार, ६ पुष २०७७
  • 4.7K
    SHARES

    काठमाडौं । नेकपाभित्र तेस्रो शक्तिको रुपमा मानिएका गृहमन्त्री रामबहादुर थापा बादलसँग पूर्वमाओवादीका पाँच जना नेताले साथ दिएका छन् ।

    कुनै बेला प्रचण्डका दाहिने हात मानिएका ती नेताहरु अहिले किन बादलसँग लागेर प्रधानमन्त्री केपी ओलीलाई साथ दिने निर्णयमा अहिले पुगे भन्ने कथा नेकपाभित्र रोचक बनेको छ । बादलसँग मिहिन रुपमा सल्लाह गरेर नै प्रधानमन्त्री ओलीले धेरै कदम चालेका छन् ।



    संसद विघटनको सिफारिस गर्नुअघि पनि ओलीले बादलसँग सल्लाह गरेको स्रोत बताउँछ । अर्थात् गृहमन्त्री बादल अहिले प्रधानमन्त्री ओलीको दाहिने हातजस्तै भएका छन् । अनि बादलको दाहिने हात जस्तो मानिएकाहरू चाहिं अहिले प्रचण्डका मान्छे भएका छन् ।



    बादलका मान्छे प्रचण्डतिर लागेपछि प्रचण्डका मान्छे बादलतिर लागेको रोचक संयोग छ । अहिले बादलको साथमा टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, लेखराज भट्ट, मणि थापा, प्रभु साह पुगेका छन् ।

    टोपबहादुर रायमाझीबाहेकका उल्लेखित नेता कमरेडहरु प्रचण्डको साथमा हुन्थे । अहिले बादलको निवासमा बस्ने र रणनीति बनाउने काममा यिनै नेताहरु सक्रिय रहेको स्रोत बताउँछ ।

    खासमा २०७७ पुस १ गते नै उनीहरु मन्त्री हुँदै थिए । १ पुसको विहान यो टोलीसँग प्रधानमन्त्री ओलीले बालुवाटारमा छलफल गरिरहेका थिए, जतिबेला प्रचण्ड र माधव नेपाल प्रधानमन्त्रीको अध्यादेशविरुद्धको रणनीतिमा सक्रिय थिए ।

    स्रोतका अनुसार वर्षमान पुन, विना मगर, शक्ति बस्नेत, रामेश्वर राय यादवलाई हटाएर टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, प्रभु साहलाई मन्त्री बनाउने तयारीमा प्रधानमन्त्री ओली रहेका थिए ।

    बादलको नेतृत्वमा उनीहरुवीच छलफल भइरहेको बेला एक्कासी राष्ट्रपति कार्यालयमा विशेष अधिवेशनका लागि ८३ जनाको हस्ताक्षरसहित समावेदन दर्ताका लागि भीम रावल र पम्फा भुसाल पुगेपछि प्रक्रिया रोकिएको थियो ।

    स्रोतका अनुसार प्रचण्ड र माधव नेपालनिकट सात जना मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री ओली अब यिनीहरुलाई नै छिट्टै मन्त्री बनाउने तयारीमा रहेको स्रोत बताउँछ । प्रचण्डको खास मान्छे भनिएका लेखराज भट्ट र हरिबोल गजुरेल पनि ओलीको कित्तामा पुगेपछि पूर्वमाओवादीभित्र प्रचण्डको समूहमा भने ठूलै बज्रपात भएको छ ।-साँघु साप्ताहिकमा खबर छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार