Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ओलीले पनि बोलाए केन्द्रीय कमिटीको बैठक,अब वार कि पारको लडाईं

    ओलीले पनि बोलाए केन्द्रीय कमिटीको बैठक,अब वार कि पारको लडाईं

    अनलाइन नेपाल
  • सोमबार, ६ पुष २०७७
  • 3.2K
    SHARES

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेकपाको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

    मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोबोलाइएको छ ।



    नेकपाको आइतबार बसेको स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको थियो ।



    स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो । उक्त बैठक बस्नुअघि नै ओलीले पनि केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् ।

    यसअघि सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार घेराबन्दीको सिकार भएको बताएका थिए ।

    सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लामो समयदेखि आफ्नै पार्टीबाट सरकारलाई काम गर्न नदिइएको गुनासो गरेका थिए ।

    प्रधानमन्त्री ओलीले सोमबार संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेका थिए  ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार