Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ओलीको दिनगन्ती शुरु, एक पद नछाडे सचिवालय बैठकबाट निर्णय हुने

    ओलीको दिनगन्ती शुरु, एक पद नछाडे सचिवालय बैठकबाट निर्णय हुने

    अनलाइन नेपाल
  • शनिबार, २० मंसिर २०७७
  • 2.7K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज निर्णायक वार्ता हुने वताइएको छ।

    शनिबारको सचिवालय र आइतबारको स्थायी कमिटी बैठकको कार्यतालिका पनि हेरफेर भएको छैन ।



    ओलीले शुक्रबार बिहानै आफू निकट केही नेताहरुसँग बालुवाटारमा परामर्श गरेका थिए ।



    यस्तै, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली समूहबाट गरिएका प्रस्ताव प्रचण्ड–माधव नेपाल समूहले अस्वीकार गरेको छ । ओली समूहका नेताहरुले दुई अध्यक्ष छलफलमा बसेर समस्याको समाधान खोजिनुपर्ने बताउँदै आएका छन् ।

    तर, प्रचण्ड–नेपाल समूह बैठकबाट समस्याको समाधान खोज्नुपर्ने अडानमा छन् । सहमति नभए बहुमत–अल्पमतबाटै भए पनि निर्णय लिने प्रचण्ड–नेपाल समूहको तयारी छ । तर, ओली समूहले बहुमत–अल्पमततिर गए पार्टी विभाजन हुन सक्ने चेतावनी दिएको छ ।

    ओलीले आफु कमजोर बनेको र अब प्रधानमन्त्रीबाट फिर्ता बोलाउन सचिवालय बैठकले निर्णय गर्न सक्ने अवस्था देखेपछी शुक्रबार अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको सम्बन्ध सुधारका लागि आफू निकट नेता इश्वर पोखरेललाई  खुमलटारमा पठाएर  ।

    स्रोतका अनुसार प्रचण्ड निवास खुमलटारमा उपप्रधानमन्त्री समेत रहेका आफू निकट नेता इश्वर पोखरेललाई पठाएर सहमतिको प्रयास थालेका  थिए। तर त्यो सफल हुन सकेन ।ओलीमाथि प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने दबाब छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार