Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्वार्थ पुरा गर्न नेपालसँग गुहार माग्दै प्रधानमन्त्री ओली

    स्वार्थ पुरा गर्न नेपालसँग गुहार माग्दै प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • आइतबार, २३ कार्तिक २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी गम्भीर मोडमा पुगेको भन्दै आफूलाई सहयोग गर्न पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालसँग आग्रह गरेका छन् ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टी अहिलेसम्मकै दयनीय अवस्थामा पुगेको बताउँदै यस्तो अवस्था केही न केही गर्नुपर्ने भन्दै ओलीले माधव नेपालको सहयोग मागेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।



    ‘प्रधानमन्त्रीले पार्टी अन्यन्तै दयनीय अवस्थामा पुगेको बताउनुभयो । यसअघि विवाद मिलाउन कार्यदल गठन गर्नु भन्दा अघिकै अवस्थामा पुगेको छ । यस्तो हो भने किन बसिरहने त ? तपाईँको सहयोग चाहियो भनेर माधव कमरेडलाई भन्नुभयो’, बैठकमा सहभागी ती नेताले भने ।



    तर नेता नेपालले पार्टी यो अवस्थामा पुग्नुमा ओलीनै कारक रहेको भन्दै सच्चिन आग्रह गरेका थिए । उनले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै प्रधानमन्त्री लचक बन्दै अहिले भइरहेका गुटगत भेला रोकिनुपर्नेमा जोड दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार