Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पैँचो नपाएपछि बंगलादेशबाट मल खरिद गर्ने मन्त्रीपरिषद्को निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले बंगलादेशबाट मल खरिद गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले बंगलादेशबाट गभर्मेन्ट टु गभर्मेन्ट(जीटूजी)मार्फत् रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ ।

यसअघि नेकपा अध्यक्ष प्रचण्डका घरबेटी शारदा अधिकारीको शैलुङ कम्पनीले धान रोप्ने बेलामा पनि मल नल्याएपछि बंगलादेशसँग पैंचोमा ल्याउने प्रक्रिया अगाडि बढाएको थियो । तर पैचोमा मल नदिएपछि सरकारले जीटुजी मार्फत् खरिद गर्ने निर्णय गरेको छ ।

सरकारले पुस्तक आयातमा लगाएको कर पनि हटाउने निर्णय गरेको छ । सरकारले विदेशबाट आयात हुने पुस्तकमा १० प्रतिशत कर लगाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद बैठकले मन्त्रीहरुको चैतसम्म पाउनेसुविधाको ५० प्रतिशत कोरोना उपचार तथा रोकथाम कोषमा जम्मा गर्ने निर्णय समेत गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077