Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • धम्क्याएर ३ कराेड रूपैयाँ माग्ने बिप्लवका ४ जना कार्यकर्ता पक्राउ

    धम्क्याएर ३ कराेड रूपैयाँ माग्ने बिप्लवका ४ जना कार्यकर्ता पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २५ कार्तिक २०७७
  • 3.1K
    SHARES

    काठमाडाैं । महानगरीय अपराध महाशाखा काठमाडाैंले फोनबाट धम्क्याई आपराधिक लाभ लिन खोज्ने ४ जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा नुवाकोट ककनी-२ का ३३ वर्षीय बिन्तोष सिलवाल (सुनार), रामेछाप, सुनापती-३ का ३१ वर्षीय रामदल श्रेष्ठ (अटल), काभ्रे, तिमाल-५ का ५२ वर्षीय तिर्थमान तामाङ र चितवन, भरतपुर-१३ का ४२ वर्षीय नन्दुराज आचार्य रहेका महाशाखाले जनाएकाे छ ।



    उनीहरूले काठमाण्डौं उपत्यकालगायत बिभिन्न स्थानका व्यवसायीहरुलाई फोन गरी नेकपा माओवादी, बिप्लव समुहको पुर्व जिल्ला सेक्रेटरी र कार्यकर्ता हौ भनि ३ करोड चन्दा माग गरेका थिए । साथै उनीहरूले माग बमोजिम चन्दा नदिएमा भौतिक कारवाही  गर्ने धम्की दिई व्यवसायीहरु कार्यरत कार्यालय र बसोबास गर्ने स्थानको निगरानी गरी जबरजस्ती रकम माग गरेका थिए ।



    जबरजस्ती चन्दा असुलीकाे खबर प्राप्त भए भएपछि महाशाखाबाट खटिएको विशेष प्रहरी टोलिले उनीहरूलाई काठमाडाैंकाे बिभिन्न स्थानहरुबाट साेमबार पक्राउ गरेकाे हाे । यसबार थप अनुसन्धान भइरहेका महाशाखाले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार