Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काेराेना मुक्त भएपछि रबि लामिछाने भन्छन् - सोचे झै कोरोना रैनछ

काठमाडाैं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछाने कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । उनीसँगै उनकी पत्नी निकिता पौडेल पनि काेराेमा मुक्त बनेकी छिन् ।

लामिछानेले सामाजिक सञ्जाल मार्फत १४ दिनको कठिन आइशोलेशनबाट आज मुक्ति मिलेको जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, १४ दिनको कठिन आइशोलेशनबाट आज मुक्ति मिल्यो।केही बेर अघि मात्र हामी दुबैको PCR रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भयो।विभिन्न माध्यम बाट हामीलाई स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा एकमुष्ठ धन्यवाद छ।

निरन्तर स्वास्थ्य सल्लाह प्रदान गरिदिनु हुने जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डे Rabindra Sameer तथा डा.विश्वनाथ कोइराला(ॐअस्पताल)प्रति आभार प्रकट गर्दछौ। सोचे झै कोरोना रैनछ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077