Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

खैरो हिरोइनसहित ४ जना पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले बिर्तामोड-२ फुलबारी टोलबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा झापाले बिर्तामोड-२ फुलबारी टोलका ३१ वर्षीय संजयकुमार राजबंशी, २५ वर्षीय मोहनकुमार ओली, २४ वर्षीय दयालाल राजबंशी र २० वर्षीय अरुणकुमार राजबंशी छन् ।

उनीहरुलाई मंगलबार अपरान्ह प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले खैरो हिरोइनसहित पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

मोहनकुमार ओलीको घरमा लागुऔषध खरिद बिक्री भइरहेको भन्ने बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ५ ग्राम ७०० मिलीग्राम खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरेकाे हाे । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077