Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रहरीकै अगाडि आँखा छलेर कारागारबाट कैदी फरार

बझाङ। सुरक्षाकर्मीकै अगाडि आँखा छलेर जिल्ला कारागारबाट एकजना कैदी फरार हुन सफल भएका छन् ।

बुधबार जिल्लाको सदरमुकाम चैनपुरमा रहेको कारागारबाट छविस पाथिभेरा गाउँपालिका- ५ का प्रवीण धामी फरार भएको कारागारले जनाएको छ ।

उनी ८ कात्तिकमा पक्राउ परेका थिए ।

राष्ट्रिय सार्वजनिक सम्पदाविरुद्धको कसुरमा सजाय भोगिरहेका धामी बुधबार बिहान ६ बजेतिर कारागारको आइसोलेसन कक्षबाट फरार भएका हुन ।

धामीलाई कोरोना पजिटिभ देखिएकोले कारागारको आइसोलेसन कक्षमा राखिएको थियो ।

धामीलाई प्रहरीले तिब्र रुपमा खोजिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077