Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कारागारबाट कोरोना पाेजिटिभ कैदी फरार

बझाङ । बझाङकाे जिल्ला कारागारबाट एकजना कोरोना भाइरस पाेजिटिभ कैदी फरार भएका छन् । छविस पाथिभेरा गाउँपालिका- ५ का प्रवीण धामी फरार भएका हुन् ।

बुधबार जिल्लाको सदरमुकाम चैनपुरमा रहेको कारागारबाट उनी फरार भएका हुन् ।

बझाङ कारागारका जेलर झलक रोकायाले राष्ट्रिय सार्वजनिक सम्पदाविरुद्धको कसुरमा सजाय भोगिरहेका धामी बुधबार बिहान ६ बजेतिर कारागारको आइसोलेसन कक्षबाट फरार भएकाे जानकारी दिए ।

उनका अनुसार धामीलाई कोरोना पजिटिभ देखिएकाेले कारागारको आइसोलेसन कक्षमा राखिएको थियो । उनी १८ कात्तिकमा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077