Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भेरी अस्पतालका तीन जना कर्मचारी पक्राउ

नेपालगञ्‍ज । जिल्ला प्रहरी कार्यालय बाँकेले भेरी अस्पताल, नेपालगञ्जका तीनजना कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुई जना सुरक्षागार्ड र एकजना सहयोगी रहेका बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले जानकारी दिए । उनका अनुसार उनीहरूले पीसीआर जाँचको नि:शुल्क सिफारिस गराइदिएर पैसा असुली गरेका थिए ।

‘डाक्टरबाट निशुल्क जाँचको सिफारिस बनाउने र जाँच गराउन आएका व्यक्तिसँग पैसा लिएको पाइएको छ, डीएसपी खड्काले भने, तीन जनालाई ल्याएका छौं । सोधपुछ भइरहेको छ ।’ प्रहरीका अनुसार, तीन जनाले ६ जनासँग यसरी पैसा लिएको पाइएको छ ।

गरीव, आर्थिक अवस्था कमजोर र विपन्नलाई डाक्टरको सिफारिसमा नि:शुल्क पीसीआर जाँच गर्ने व्यवस्था मिलाइएको छ । यो बाहेक चिन्ह लक्षण देखिएका बिरामीको पनि निशुल्क पीसीआर जाँच हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077