Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कोरोनाको नेगेटिभ पीसिआर रिपोर्टलाई पोजेटिभ बनाउने तीन कर्मचारी पक्राउ

    कोरोनाको नेगेटिभ पीसिआर रिपोर्टलाई पोजेटिभ बनाउने तीन कर्मचारी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २६ कार्तिक २०७७
  • 3.5K
    SHARES

    नेपालगञ्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोरोना भाइरसको  नेगेटिभ पीसिआर रिपोर्टलाई पोजेटिभ बनाएको  आरोपमा भेरी अस्पतालबाट तीन जना कर्मचारीलाई पक्राउ गरेको छ ।

    बीमा भुक्तानीका लागि नगेटिभ रिपोर्टलाई पोजेटिभ बनाएको खुलेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।



    प्रहरी टोलीले बुअस्पतालमा छापा मारेर नेगेटिभ पीसिआर रिर्पोटलाई पोजेटिभ बनाउन संलग्न रहेको आशंकामा अस्पतालमा कार्यरत तीन जना कर्मचारीलाई कर्मचारीलाई पक्राउ गरेको हो ।
    पक्राउ पर्नेमा सुरक्षा गार्ड विवेक अधिकारी, बद्री खनाल र वासुदेव जोशी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।



    पीसीआर परीक्षणका लागि गरिने सिफारिस पत्रमा किर्ते गरेको पाईएपछि उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी जनाएको छ ।

    पक्राउ परेका कर्मचारी र संलग्नहरुको बारेमा अनुसन्धान सुरु गरिएको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार