Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बाँकेमा थप आठ कोरोना संक्रमितको मृत्यु

    बाँकेमा थप आठ कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ बैशाख २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    नेपालगञ्ज । बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ।

    जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार भेरी अस्पतालमा पाँच, कोहलपुर मेडिकल कलेजमा दुई तथा होम आइसोलेसनमा एक संक्रमितको मृत्यु भएको हो ।



    खजुरा गाउँपालिका १ का ६४ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ। वैशाख २८ गते भेरीमा पीसीआर गरिएका उनलाई होम आइसोलेसनमा राखिएको थियो।



    कैलालीको लम्कीचुहाका ४० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। वैशाख २९ गते पीसीआर गरिएका उनलाई ३० गते भर्ना गरिएको थियो।

    सल्यानको कुमाख गाउँपालिकाका १ का ६७ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ। वैशाख १८ गते पीसीआर गरिएका उनलाई २५ गते भर्ना गरिएको थियो।

    बर्दियाको मधुवन नगरपालिका ६ का ५९ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख १५ गते पीसीआर गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो।

    बैजनाथ गाउँपालिका ६ का ३५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ। वैशाख २६ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो।

    खजुरा गाउँपालिका ३ का ७५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ। वैशाख २३ गते भर्ना भएका उनको २५ गते पीसीआर गरिएको थियो।

    नेपालगञ्ज उपमहानगरपालिका ५ का ६१ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ। वैशाख २० गते पीसीआर गरिएका उनलाई २५ गते भर्ना गरिएको थियो।

    कोहलपुर नगरपालिका २ का २८ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। वैशाख २४ गते पीसीआर गरिएका उनलाई २६ गते भर्ना गरिएको थियो।

    योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २२ जना पुगेको छ। बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा एक सय ६७ जनाको मृत्यु भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार