Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोरोना रिपोर्टलाई मान्दैन दाङकै गोर्खा अस्पताल , बिरामीका आफन्त अन्योलमा !

    राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोरोना रिपोर्टलाई मान्दैन दाङकै गोर्खा अस्पताल , बिरामीका आफन्त अन्योलमा !

    अनलाइन नेपाल
  • शनिबार, २५ बैशाख २०७८
  • 3K
    SHARES

    दाङ। घोराही उपमहानगरपालिका १५ की ६८ बर्षिया सुमिकुमारी कुँवरलाई स्वासप्रश्वाासमा समस्या भयो । कोरोना आशंका गर्दै परिवारले गत बिहिबार कोरोना परिक्षण गरायो । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणमा कुँवरको कोरोना रिपोर्ट शुक्रबार नेगेटिभ आयो ।

    कोरोनाको उच्चतम् सम्भावनाको लख काटेको परिवारलाई उनको परिक्षण रिपोर्टले खुशी बनायो । तर अक्सिजनको मात्रा केहि कमै भएकाले कुँवरलाई घोराही स्थित गोर्खा हस्पिटलमा उपचारका लागि लगियो । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षण (नेगेटिभ) रिपोर्ट सहित उपचारका लागि अस्पताल पुर्याईएकी सुमीको मन पुन: अस्पतालले खस्काईदियो ।



    अस्पतालका एक डाक्टरले उनमा कोरोनाको सम्भावना रहेकाले पुनः कोरोना परिक्षण गर्न भने । परिवारले कोरोनाको नेगेटिभ रिपोर्ट देखाए । तर ति डाक्टरले उक्त रिपोर्टको पत्यार मानेनन् । अनि भने ‘यो रिपोर्टको भर छैन, फेरी कोरोना जाँच गराउनुस् ।’



    कुँवर परिवार आत्तियो । ‘शुक्रबारै आएको कोरोनाको नेगेटिभ रिपोर्ट सहित अस्पताल पुर्यायौँ,’ सुमीका छोराले भने ‘तर डाक्टरले रिपोर्टमा गलत भएको बताए, मन झनै डरायो ।’
    ति डाक्टरका अनुसार सुमीलाई निमोनियाँ भएको छ । निमोनियासंगै उनलाई कोरोन संक्रमण भएको हुन सक्ने उच्चतम् सम्भावना छ ।

    तर उसैदिन आएको रिपोर्ट के त ?  ति डाक्टरले भने ‘यो रिपोर्टमा मिस्टेक भएको हुन सक्छ ।’ ति डाक्टरले स्वाब लिने क्रममा केहि तलमाथि भएको हुन सक्ने भन्दै पुनः पिसिआर परिक्षण गर्नुपर्ने सुमीको परिवारलाई सुझाव दिए ।

    ‘स्वाब लिने क्रममा केहि मिस्टेक भएको हुन सक्छ, उहाँमा कोरोनाकै लक्षण छ,’ति डाक्टरले भने ‘त्यसैले फेरी कोरोना परिक्षण गर्नै पर्छ ।’ डाक्टरले दिएको सल्लाह अनुसार कुँवरको कोरोना जाँच आईतबार पुनः गर्नुपर्ने हुन्छ । तर परिवार भने के गर्ने भनेर अन्यौलमा छ ।

    ‘हामीले के गर्ने ? डाक्टरले नै कोरोनाको नेगेटिभ पिसिआर रिपोर्टलाई गतल भने पछि हामीलाई त झनै अन्यौल भयो,’कुँवरका छोराले भने – ‘दिनदिनै कोरोना परिक्षण गराउन पनि कसरी सम्भव हुुन्छ र ? ’

    सरकारले सबै भन्दा भरपर्दो कोरोना जाँच बिधी पिसिआर परिक्षणलाई मानेको छ । तर, घोराहीमा रहेको नीजि अस्पताल गोर्खा हस्पिटलले भने यहि पिसिआर परिक्षणको नतिजा माथि नै चुनौती दिएको छ ।

    गोर्खा हस्पिटलले एकै दिनको  परिक्षणलाई गलत भन्दै पुनः परिक्षणका लागि बिरामीलाई सुझाव दिएको छ । कोरोना परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आउँदा समेत रिपोर्ट गलत भन्दै डाक्टरले भनिदिँदा कोरोनाको नेगेटिभ रिपोर्ट लिएर अस्पताल पुग्ने बिरामीहरुलाई मानसिक रुपमा झनै असर पर्ने अस्पतालकै एक कर्मचारी वताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार