Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नक्कली इन्स्पेक्टर बनेर सर्बसाघारणलाई धम्क्याउने ३ जना पक्राउ

    नक्कली इन्स्पेक्टर बनेर सर्बसाघारणलाई धम्क्याउने ३ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २६ कार्तिक २०७७
  • 3.5K
    SHARES

    काठमाडाैं । महानगरीय अपराध महाशाखाले नक्कली प्रहरी बनेर सर्बसाघारणलाई धाक धम्की दिने समूहका ३ जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा नुवाकोटकाे तादी गाउँपालिका-८ घर भई तारकेश्वर नगरपालिका बस्ने २३ वर्षका रमेश तामाङ, दोलखा मेलुङ गाउँपालिका-५ डाँडाखर्क घर काठमाडाैंकाे वनस्थली ढुङ्गेधारा बस्ने ३३ वर्षका तुल बहादुर मगर र नवलपरासीकाे कावासोती नगरपालिका-१२ पिठौली घर भई काठमाडाैंकाे स्वयम्भु बस्ने ३६ वर्षका गुविराम घले रहेकाे प्रहरीले जनाएकाे छ ।



    महाशाखाका अनुसार उनीहरूले काठमाडाैंकाे बालाजु माछापोखरी एरियामा ब्यक्तिहरुलाई आफू प्रहरीको इन्स्पेक्टर हुँ भन्दै धम्की दिई रकम माग गरी दुःख हैरानी दिने गरेका थिए ।



    उनीहरुको बिषयमा थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार