Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रहरी हुँ भन्दै ठगी गर्दै हिड्ने दुई पक्राउ

    प्रहरी हुँ भन्दै ठगी गर्दै हिड्ने दुई पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २० चैत्र २०७७
  • 1.7K
    SHARES

    सांकेतिक तस्विर

    धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले नक्कली प्रहरी बनी व्यापारीलाई ठगी गर्दै हिड्ने दुईजनालाई पक्राउ गरेको छ ।

    धनगढी उपमहानगरपालिका-८ का व्यापारीलाई ‘प्रहरी हुँ’ भन्दै उनीहरुबाट पैसा माग गर्ने सोही ठेगाना -५ र २ बस्ने २३ वर्षीय वीरेन्द्र सिंह र २५ वर्षीय पारस मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।



    कैलाली जिल्लाका विभिन्न स्थानबाट सादा पोशाकमा खटिएको प्रहरी हुँ भन्दै पैसा माग गर्ने गरेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई स्थानीय व्यापारीबाट नगद ५ हजार माग गरेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।



    यस बिषयमा थप अवाश्यक अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार