Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ‘इन्टरपोलको प्रहरी हुँ’ भन्दै लुटपाट गर्ने एकजना पक्राउ

    ‘इन्टरपोलको प्रहरी हुँ’ भन्दै लुटपाट गर्ने एकजना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २२ पुष २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले ‘इन्टरपोलको प्रहरी हुँ’ भन्दै लुटपाट गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने २५ वर्षीय कविर केसी रहेका छन् । उनलाई प्रहरीले ललितपुर बालकुमारी क्षेत्रबाट पक्राउ गरेको हो।



    गत आइतबार बालकुमारीस्थित जिएस क्याफेमा कविर केसीसहित दुई जनाले इन्टरपोलका सादा पोशाकका प्रहरी हौं भन्दै एक जनालाई एकान्त ठाउँमा लगेर नगद र जिन्सी समान लुटपाट गरेको सूचना प्राप्त भएको थियो ।



    सोही सूचनाको आधारमा खटिएको टोलीले कविरलाई पक्राउ गरेको हो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार