Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रेड नोटिस जारी भएको ५ दिनमै कतारबाट किरण पक्राउ

    रेड नोटिस जारी भएको ५ दिनमै कतारबाट किरण पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 768
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका प्रतिवादी रेड नोटिस जारी भएको ५ दिन भित्रै पक्राउ परेका छन्।

    जबरजस्ती करणी मुद्दामा फरार रहेका खोटाङ हलेसी तुवाचुङ नगरपालिका-७का किरण राई रेड नोटिस जारी भएको ५ दिनभित्रै पक्राउ परेका हुन्।



    एनसिबी दोहाको समन्वयमा कतारमा पक्राउ परेको उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नका लागि बुधबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ।



    राईविरूद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलमा कतार रहेको खुल्न आएको थियो।

    अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एंव पक्राउ गर्नका लागि नेशनल सेन्ट्रल व्युरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट पुस २० गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार