Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएका कुँवर पक्राउ

    इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएका कुँवर पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २२ पुष २०८०
  • 1.1K
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएका एक जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

    सिंगापुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आर्लेका सफलराज कुँवरलाई सीआईबीले पक्राउ गरेको हो।



    कुँवरमाथि विभिन्न व्यक्तिहरुलाई मकाउ लैजान्छु भनेर ठगी गरेको आरोप छ।



    ११ जनाले दिएको् जाहेरीका आधारमा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । उनी फरार रहँदै आएका थिए ।

    पक्राउ परेका कुँवरलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ। त्यसपछि मात्रै कँवरलाई सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार