Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना सुर्खेतबाट पक्राउ

    प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना सुर्खेतबाट पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १४ मंसिर २०७७
  • 2.4K
    SHARES

    सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक नक्कली प्रहरीलाई पक्राउ गरेकाे छ ।

    सुर्खेतकाे सान्नीत्रिवेणी गाउँपालिका-४ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–३ तातोपानी सुर्खेतमा बस्दै आएका २८ वर्षीय बिलबहादुर धामीलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।



    पक्राउ परेका धामीले प्रहरी हुँ भन्दै ठगी गर्ने गरेकाे प्रहरीले जनाएकाे छ।



    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाही नेतृत्वमा गएको ११ जनाको टोलीले शुक्रबार बेलुका धामीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजेन्द्र भट्टले बताए । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार