Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

८० किलो गाँजासहित कार बरामद

मकवानपुर । मकवानपुरमा प्रहरीले ८० किलो गाँजासहित कारलाई नियन्त्रणमा लिएकाे छ।

बिहीबार विहान २ बजेकाे समयमा हेटौडा - १० मा रहेको प्रहरी चौकी भुटनदेवी मकवानपुरबाट गस्तीमा रहेको प्रहरी टोलीले उक्त गाँजासहित कार नियन्त्रणमा लिएकाे हाे।

प्रहरीलाई देखेर भागेको बा ६ च १४७६ नं. कारमा सवार ब्यक्तिहरू भागेपछि शंका लागेर खोजतलास गर्ने क्रममा उक्त गाँजा बरामद भएकाे हाे।

हेटौडा उपमहानगरपालिका वडा नं. १० भुटनदेवी मन्दीर जाने सडकमा कार पार्किङ गरी कारको ढोका लक गरी सडकमै छाडी कारमा सवार मानिस भागी फरार भएकोमा स्थानिय जन प्रतिनिधिको रोहवरमा कारको लक तोडी चेकजाँच गर्दा उक्त कारको डिकीमा लुकाई छिपाईएकाे अवस्थामा गाँजा बरामद भएकाे हाे।

कारमा सवार व्यक्तिको खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077