Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

सीमा नाका मंसिर ३० गतेसम्म बन्द राख्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारले काेराेना भाइरस (काेभिड-१९) काे संक्रमणलाई नियन्त्रण गर्न सीमा नाकामा लगाएको प्रवेश निषेधाज्ञालाई जारी राख्ने निर्णय गरेकाे छ ।

मंसिर ३० गतेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए।

यसअघि सरकारले कार्तिक ३० गतेसम्म सीमा नाकाबाट आगमनमा रोक लगाइएको थियो ।

सरकारले काेराेना नियन्त्रणका लागि भन्दै विभिन्न कदम चालेकाे भएपनि नेपालमा काेराेना भाइरसकाे संक्रमण घटेकाे छैन । बिहीबार मात्रै नेपालमा १ हजार ९१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४ हजार २४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा २ हजार ३४९ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077