Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली सिमकार्ड, मोवाइल र कम्प्युटरसहित विमानस्थलमा समातिए तीन चिनियाँ नागरिक

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अबैध सामानसहित तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

अबैध रुपमा नेपाली सिमकार्ड, मोवाइल र कम्प्युटर बोकेर बिहिवार साँझ फ्लाई दुबाईबाट दुबई जान लागेका तीन जना चिनियाँ नागरिक पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट ४५ सेट विभिन्न कम्पनीका मोबाईल, ४ सय ८३ पिस एनसेल सिमकार्ड, २० पिस स्मार्ट सिमकार्ड र ६ पिस कम्प्युटर मोनिटर बरामद गरेको छ ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077