Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुवेत पठाउने भन्दै ठगी धन्दा, ७० जनाभन्दा बढीसँग जनही २ लाख उठाएर फरार

काठमाडाैं । महानगरीय अपराध महाशाखा काठमाडाैंले ठगी गरेकाे आराेपमा एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा मोरङकाे ग्रामथान गाउँपालिका-५, तेतरिया घर भइ काठमाडाैंकाे नयाँ वानेश्‍वर बस्ने ४२ वर्षका बुधनारायण चौधरी रहेका महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार पक्राउ परेका चाैधरीले कुवेत पठाईदिन्छु भन्दै बिभिन्न प्रलोभनमा पारी विश्वास दिलाई जनही दुई लाख रूपैयाँ लिएकाे जाहेरी महाशाखामा परेकाे छ ।

आराेपीत चाैधरीले काठमाडाैंकाे गौशाला स्थित राजदेवी ईन्टरनेश्‍नल प्रालिमा आफू कार्यरत रहेकाे र वैदेशिक रोजगारको लागी कुवेत पठाईदिन्छु भन्दै बिभिन्न प्रलोभनमा पारी ७० जना भन्दाबढी व्यक्तिबाट प्रतिव्यक्ति दुई लाख रूपैयाँ उठाई सम्पर्क विहीन भएका थिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077