Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • ‘स्मार्ट लाइसेन्स’ का लागि १४ लाख कार्ड खरिद गरिने

    ‘स्मार्ट लाइसेन्स’ का लागि १४ लाख कार्ड खरिद गरिने

    अनलाइन नेपाल
  • शुक्रबार, २८ कार्तिक २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । यातायात व्यवस्था विभागले ‘स्मार्ट लाइसेन्स’ छपाइका लागि १४ लाख कार्ड खरिद गर्ने भएको छ ।

    सोका लागि केही समय पहिला ठेक्का आह्वान गरिएकामा प्राप्त आवेदनाम मूल्याङ्कन भइरहेको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए ।



    उनका अनुसार विभागले दुई वर्ष पहिले करिब १० लाख कार्ड खरिद गरेपछि यो वर्ष खरिद प्रक्रिया अघि बढाएको हो । अहिले विभागसँग झण्डै ६० हजार कार्ड मात्रै बाँकी छ ।



    ठेक्का सम्झौता भएपछि तीन महिना भित्रमा कार्ड ल्याउने उनले बताए । अहिले खरिद भएको कार्ड डेढ वर्षलाई पुग्ने अनुमान गरिएको छ ।

    विभागले गत चैतदेखि असोज मसान्तसम्ममा करिब १० लाख चालक अनुमतिपत्र छपाइ गरेको थियो । अब सेवाग्रहीले कार्ड पाउने सहज हुने अपेक्षा गरिएको छ ।

    सरकारले गत चैतमा कोभिड–१९ को नियन्त्रणका लागि बन्दाबन्दी गरेपछि यातायात कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएका छैनन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार