Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • अब यातायात कार्यालयहरूले नै स्मार्ट लाइसेन्स छाप्न सक्ने

    अब यातायात कार्यालयहरूले नै स्मार्ट लाइसेन्स छाप्न सक्ने

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 468
    SHARES

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अब प्रदेश मातहतका यातायात कार्यालयहरूले नै सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्न सक्ने निर्णय गरेको छ ।

    आइतबार यातायात मन्त्री प्रकाश ज्वालाले मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, प्रदेशस्थित यातायात मन्त्री, प्रदेश सचिव र कार्यालय प्रमुखसँग छलफल गर्दै यस्तो निर्णय गरेका हुन् ।



    सवारी चालक अनुमतिपत्रको छपाइ व्यवस्थित गर्न यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ।



    सेवाग्राहीले सहज रूपमा स्मार्ट लाइसेन्स प्राप्त गर्ने अवस्थाको सूनिश्चितता गर्न सकेसम्म सबै प्रदेशले यसै आर्थिक वर्षभित्र प्रिन्टर र कार्ड खरिद गरी स्मार्ट लाइसेन्स छपाइको व्यवस्था गर्ने निर्णय भएको हो ।

    यसका लागि आवश्यक प्राविधिक सहयोग यातायात विभागले उपलब्ध गराउने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार