Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं प्रशासनको बन्द सेवा मंसिर ३ बाट खुल्ने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोनाका कारण बन्द रहँँदै आएका नागरिकता वितरणलगायतका सेवा ३ मंसिरदेखि सुरु गर्ने भएको छ ।काठमाडौं प्रशासनले कोरोना संक्रमणको जोखिम बढ्दै गएर धमाधम कर्मचारीमै संक्रमण देखिन थालेपछि २५ असोजदेखि अत्यावश्यकबाहेकका कतिपय सेवा स्थगित गर्दै आएको छ ।

प्रशासन कार्यालयले बिहीबार सूचना प्रकाशित गरी नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, नाबालिग परिचयपत्र, राहदानी, हतियार दर्ता तथा नवीकरण जस्ता सेवा ३ मंसिरबाट खुला गर्ने जानकारी गरएको हो ।

सो मितिबाट समेत सेवाप्रवाह गरिँदा स्थानीय तहअनुसार निश्चित बार तोकेरै सेवा दिइनेछ । जसअनुसार आइतबार काठमाडौं महानगरपालिकाको वडा नं १ देखि ११ सम्मका सेवाग्राहीले, सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरि नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन् ।

यसैगरी मंगलबार काठमाडौं महानगरपालिकाको वडा नं १२ देखि २१ सम्मका सेवा ग्राहीलाई सेवा दिइनेछ । यस्तै बुधबार बूढानीलकण्ठ, टोखा र कागेश्वरी मनोहरा नगरपालिका, बिहीबार काठमाडौं महानगरपालिकाको वडा नम्बर २२ देखि ३२ वडा सम्मका र शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077