Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौं प्रशासनको बन्द सेवा मंसिर ३ बाट खुल्ने

    काठमाडौं प्रशासनको बन्द सेवा मंसिर ३ बाट खुल्ने

    अनलाइन नेपाल
  • शनिबार, २९ कार्तिक २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोनाका कारण बन्द रहँँदै आएका नागरिकता वितरणलगायतका सेवा ३ मंसिरदेखि सुरु गर्ने भएको छ ।काठमाडौं प्रशासनले कोरोना संक्रमणको जोखिम बढ्दै गएर धमाधम कर्मचारीमै संक्रमण देखिन थालेपछि २५ असोजदेखि अत्यावश्यकबाहेकका कतिपय सेवा स्थगित गर्दै आएको छ ।

    प्रशासन कार्यालयले बिहीबार सूचना प्रकाशित गरी नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, नाबालिग परिचयपत्र, राहदानी, हतियार दर्ता तथा नवीकरण जस्ता सेवा ३ मंसिरबाट खुला गर्ने जानकारी गरएको हो ।



    सो मितिबाट समेत सेवाप्रवाह गरिँदा स्थानीय तहअनुसार निश्चित बार तोकेरै सेवा दिइनेछ । जसअनुसार आइतबार काठमाडौं महानगरपालिकाको वडा नं १ देखि ११ सम्मका सेवाग्राहीले, सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरि नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन् ।



    यसैगरी मंगलबार काठमाडौं महानगरपालिकाको वडा नं १२ देखि २१ सम्मका सेवा ग्राहीलाई सेवा दिइनेछ । यस्तै बुधबार बूढानीलकण्ठ, टोखा र कागेश्वरी मनोहरा नगरपालिका, बिहीबार काठमाडौं महानगरपालिकाको वडा नम्बर २२ देखि ३२ वडा सम्मका र शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार