Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • उपत्यकामा रातभर देउसी–भैलो खेल्न दिने प्रशासनको निर्णय

    उपत्यकामा रातभर देउसी–भैलो खेल्न दिने प्रशासनको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, २६ कार्तिक २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा रातभर देउसी र भैलो खेल्न दिने निर्णय गरेको छ ।

    जिल्ला सुरक्षा समितिको बैठकले उपत्यकामा रातभर भैलो खेल्न दिने निर्णय गरेको हो ।



    तिहारको अवसरमा देउसी र भैलो खेल्न समय सिमा नतोकिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।



    भक्तपुर र ललितपुरमा पनि रातभर देउसी र भैलो खेल्न दिने निर्णय भएको छ । इच्छुकहरुलाई आफ्नो अनुकूलतामा मर्यादित भएर देउसी र भैलो खेल्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

    देउसी र भैलोमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको प्रशासन कार्यालयले जनाएको छ । काठमाडौं उपत्यकामा पटका र आतसबाजी पड्काउन चाहिँ निषेध गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेर भुईँचम्पा, पटका र आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरण नगर्न आग्रह गरेको छ ।

    दीपावली गर्दा आगलागी हुने जोखिम हुनाले सचेतता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । त्यस्तै जुवातास र लङ्गुरबुर्जा खेल्न र खेलाउन कडाइ गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार