Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • तनहुँ प्रशासनद्वारा हातहतियार बुझाउन आग्रह

    तनहुँ प्रशासनद्वारा हातहतियार बुझाउन आग्रह

    अनलाइन नेपाल
  • आइतबार, १६ असोज २०७९
  • 840
    SHARES

    दमौली । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय तनहुँले हातहतियार बुझाउन आग्रह गरेको छ ।

    प्रशासन कार्यालयले एक सूचना जारी गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरेको हो ।



    निर्वाचनपश्चात् फिर्ता हुने गरी अगामी कात्तिक ४ गतेसम्म नजिकको प्रहरी एकाइमा हातहतियार बुझाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए।



    जिल्ला प्रशासन कार्यालयमा इजाजत लिएका सात सय ९५ हतियार रहेका छन् ।

    हातहतियार खरखजाना ऐन, २०१९ अनुसार अवैध हातहतियार राखेको पाइए एक वर्षदेखि तीन वर्षसम्म कैद र तीन हजारदेखि ६० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार