Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन, कारबाही गर्छौं : प्रशासन

    प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन, कारबाही गर्छौं : प्रशासन

    अनलाइन नेपाल
  • शुक्रबार, ८ मंसिर २०८०
  • 675
    SHARES

    काठमाडौँ । दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्नका लागि अनुमति नदिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

    कार्यालयसँग कुनै समन्वय नगरी शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने गरी कार्यक्रम सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न अनुमति प्रदान नगरिएको जनाएको हो ।



    प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले शुक्रबारदेखि तीनकुनेमा विरोधका कार्यक्रम गर्न लागेको जनाएको थियो ।



    जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा गलत मनसायका साथ कार्यक्रम गर्न लागिएको भन्दै स्थानीय प्रशासनबाट अनुमति प्रदान नगरिएको उल्लेख छ ।

    शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानून विपरीतका गतिविधि गरेमा कानून बमोजिम कारबाही गरिने प्रशासनले चेतावनीसमेत दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार