Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सार्वजनिक स्थानमा धूम्रपान नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशन

    सार्वजनिक स्थानमा धूम्रपान नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 543
    SHARES

    काठमाडौं । सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थ सेवन नगर्न–नगराउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले
    निर्देशन दिएको छ ।

    कार्यालयले बिहीवार एक सूचना जारी गरी सूर्तिजन्य पदार्थ सेवन नगर्न–नगराउन ५ बुँदे निर्देशन दिएको हो ।



    जारी सूचनामा ‘सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को दफा ४ अनुसार सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्न नहुने’ कानूनी व्यवस्थाअनुसार सो निर्देशन दिइएको उल्लेख छ ।



    यस्तै अठार वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ वितरण नगर्न पनि प्रशासनले आग्रह गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार