Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

१ घण्टा पछि सर्‍यो मन्त्रिपरिषद् बैठक

काठमाडौं । बुधबार दिउँसो १ बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठकको समय परिवर्तन भएको छ ।

यसअघि दिउँसो १ बजेका लागि तोकिएको बैठक अब २ बजे बस्ने भएको हो । बैठक एक घण्टा पछि सरेको बालुवाटार स्रोतले जनाएको छ ।

आज १ बजे नेकपा सचिवालय बैठक बस्ने यसअघि नै तय भैसकेको भए पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले भने सोही समयमा मन्त्रिपरिषद् बैठक डाकेका थिए ।

प्रधानमन्त्री ओली आजको सचिवालय बैठक सार्ने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बहुमत सदस्य भने सचिवालय बैठक आजै गर्ने पक्षमा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077