Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • युवतीलाई बलात्कार गरेर फरार रहेका युवक पक्राउ

    युवतीलाई बलात्कार गरेर फरार रहेका युवक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३ मंसिर २०७७
  • 2.6K
    SHARES

    सांकेतिक तस्बिर

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जबरजस्ती करणी गरेकाे आरोपमा एक जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा माेरङकाे जहदा गाउँपालिका-५ बस्ने २४ वर्षीय बिशाल सोनार ठाकुर रहेका प्रहरीले जनाएकाे छ ।



    २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेकाे आरोपमा उनलाई मंगलबार पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।



    प्रहरीका अनुसार गत साउन १ गते साँझ ती युवतीलाई ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरी फरार रहेका ठाकुरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरबाट खटिएको प्रहरीले रंगेली नगरपालिका-७ मधुवनीबाट पक्राउ गरेको हो ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार