Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • महिलामाथि बलात्कार गरेको आरोपमा दुई युवा पक्राउ

    महिलामाथि बलात्कार गरेको आरोपमा दुई युवा पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 837
    SHARES

    दाङ । महिलामाथि बलात्कार गरेको आरोपमा तुलसीपुरबाट दुईजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा तुलसीपुर उपहानगरपालिका ४ घर भई वडा नम्बर ६ मा कोठा भाडामा बस्ने १९ वर्षीय प्रदीप बिक र किरण राना रहेका छन् ।



    उनीहरुले सोही घरमा बस्ने महिलालाई बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।



    साउन ४ गते राति साढे ११ बजे महिलालाई बलात्कार गरी रानाको रा ६ प ५४०८ नम्बरको मोटरसाइकलमा फरार भएका विकलाई मंगलबार दिउँसो तुलसीपुरबाटै पक्राउ गरिएको हो ।

    रानालाई भने आइतबार घरबाटै पक्राउ परेका थिए । उनीहरुलाई थुनामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार