Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अदालतले मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अनुमति दियो

    अदालतले मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अनुमति दियो

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 996
    SHARES

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेमाथि अनुसन्धान अघि बढाउन ५ दिनको समय दिएको छ ।

    अनुसन्धानका लागि अदालतले सोमबार ५ दिनको म्याद दिएको प्रहरीले जनाएको छ ।



    शनिबार पक्राउ परेका पाण्डेलाई प्रहरीले सोमबार अदालतमा उपस्थित गराएको थियो ।



    सौन्दर्य प्रतियोगिताको नाममा युवतीलाई बलात्कार गरेको आरोप उनीमाथि छ ।

    बलात्कारसम्बन्धी मुद्दाको हदम्याद एक वर्ष मात्रै हुने भएकाले मानव बेचविखन तथा ओसारपोसार मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    पाण्डेकै समूहले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेसनल नामक प्रतियोगिता आयोजना गरेको थियो । सोही क्रममा प्रतियोगिता सकिएपछि सक्सेस पार्टी दिनेभन्दै एक प्रतियोगीलाई नयाँ बानेश्वरको एभरेस्ट होटेलमा बोलाएर बलात्कार गरेको आरोपसहितको भिडियो सार्वजनिक भएपछि उनलाई पक्राउ गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार