Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मानव बेचविखन मुद्दामा मनोज पाण्डेलाई सात वर्ष जेल सजाय

    मानव बेचविखन मुद्दामा मनोज पाण्डेलाई सात वर्ष जेल सजाय

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 513
    SHARES

    काठमाडौं । काठमाडौं जिल्ला अदाललते मानव बेचबिखनमा ब्युटी पिजेन्ट आयोजक मनोज पाण्डेलाई ७ वर्ष कैद र ७५ हजार रूपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको छ ।

    न्यायाधीश दीपक ढकालको इजलासले सोमबार पाण्डेलाई मानव बेचबिखन ओसारपसारसम्बन्धी मुद्दामा सात कैद र ७५ हजार रूपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको हो।



    पाण्डेविरुद्ध यसअघि जिल्ला अदालत काठमाडौंमा बाल यौन दुरुपयोग र मानव बेचविखनको कसुरमा मुद्दा दर्ता भएको थियो। यसअघि न्यायाधीश ढकालको इजलासले माघ ११ गते पाण्डेलाई दोषी ठहर गरेको थियो तर त्यसबेला सजाय निर्धारण गरिएको थिएन।



    सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी भएकी एक किशोरीले पाण्डेले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौनशोषण गरेको घटना गत जेठ ४ मा सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी थिइन् ।

    पाण्डेले आफूलाई पटक–पटक यौनशोषण गरेको, त्यसपछि आफ्ना सामाजिक सम्बन्धहरू भत्किएको र आत्मबल टुटेको हुनाले औषधिको सहारा लिनुपरेको ती युवतीले बताएकी थिइन् ।

    पाण्डेलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जेठ ७ मा पक्राउ गरेको थियो । जिल्ला न्यायाधीश प्रकाश ढुंगानाको इजलासले असार ६ मा पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि उनी डिल्लीबजार कारागार पठाइएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार