Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारतीय सेना प्रमुख आज मुस्ताङ जाँदै

    भारतीय सेना प्रमुख आज मुस्ताङ जाँदै

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 786
    SHARES

    काठमाडौं । भारतका सेना प्रमुख मनोज पाण्डे आज मुस्ताङ जाने भएका छन् ।

    पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्न उनी आज मुस्ताङ जाने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।



    उनले मुक्तिनाथ दर्शन गरेपछि फर्किएर पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेर्डक्वाटरको भ्रमण गर्ने कार्यक्रम छ।



    मंगलबार पाँडेले रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

    सोमबार जनरल पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरेका थिए।

    पाँचदिने भ्रमणका क्रममा पाण्डे नेपालमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार