Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

खानीखाेलामा ट्रकको ठक्करबाट बालकको मृत्यु, राजमार्ग ठप्प

धादिङ । त्रिभुवन राजपथ अन्तरगतकाे नागढुङ्गा-नौविसे सडकखण्ड ट्रककाे ठक्करबाट एक बालकको मृत्यु भएकाे छ ।

काठमाडौंट मुग्लिनका लागि छुटेकाे ना ६ ख ४९४७ नम्वरको ट्रकले धुनीवेशी-७ का अन्दाजी ७-८ वर्षीय रितेश तामाङलाई खानीखोला बजारमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

स्थानीय बालकको मृत्यु भएपछि चालकलाई कारवाही र उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयले राजमार्ग दुवैतर्फ बन्द गराएका छन्।

राजमार्गमा सय भन्दा बढी स्थानीय जम्मा भएर विरोध प्रदर्शन गरिरहेकाले खुलाउन प्रहरीले पनि सकेको छैन। घटनापछि ट्रकका चालक र सहचालक इलाका प्रहरी कार्यलय खानीखोलाको नियन्त्रणमा रहेका छन्।

डेढ घण्टा भन्दा बढी सवारी आवागमन ठप्प भएपछि राजधानी भित्रिने र बाहिरिने सवारी साधनको दुवैतर्फ लामो जाम देखिएको छ।

इलाका प्रहरी कार्यालय खानीखोलाको टोलीले पीडित पक्षहरुलाई आन्दोलन नगर्न आग्रह गरेको भएपनि स्थानीयले राजमार्ग अवरुद्ध गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077