Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विदेशी शक्तिकाे चलखेलले नेकपालाई फुटाउन सक्दैन : मन्त्री भट्टराई

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई कुनै पनि बाह्य शक्तिले चलखेल गर्न नसक्ने बताएका छन् ।

प्रेस संगठन नेपाल झापा शाखाले बुधबार गरेकाे कार्यक्रममा मन्त्री भट्टराईले कुनैपनि विदेशी शक्तिले नेकपालाई जोगाउन र फुटाउन नसक्ने बताएका हुन् ।

प्रेस संगठनको सपथ ग्रहण समारोहमा सहभागी पार्टीका नेता कार्यकर्तालाई उनको प्रश्न थियो, ‘केन्द्रमा आगो बलिरहेको छ, तपाईंको हातमा पेट्रोल बोक्ने कि पानी?’

फरक प्रसंगमा मन्त्री भट्टराईले नेपालको पर्यटन क्षेत्रले वार्षिक ८० अर्ब बढी विदेशी मुद्रा आर्जन गरिरहेको बताए । उनले विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत नै नेपालमा पर्यटन क्षेत्र भएकाले यसको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

झापाको विर्तामोडस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) शाखाको आज उद्घाटन गर्दै उनले भने, ‘आर्थिक विकासको प्रमुख आधार नै पर्यटन क्षेत्र हो । झापा र प्रदेश नं १ पर्यटनको सम्भावनायुक्त क्षेत्र भएकाले यस क्षेत्रमा सर्वोत्कृष्ट जनशक्ति उत्पादन गर्न यहाँ नाथमको शाखा विस्तार गरेका हौैँ ।’

मन्त्री भट्टराईले भारतसँग पूर्वी सिमाना जोडिएका मेचीनगर र विर्तामोड नगरपालिकामा तीन वटा फाइभस्टार होटलसँगै अन्य ठूला होटलसमेत स्थापना भइरहेकाले यहाँ चाहिने दश जनशक्ति उत्पादन गर्न नाथमको तेस्रो शाखा झापामा स्थापना गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077