Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेकपा कुनै पनि हालतमा फुट्दैन : मन्त्री अर्याल

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‍मा अर्यालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताएकी छिन् ।

स्याङ्जाकाे चापाकोटमा राधादामोदर माविको चार कोठे भवनको बुधबार उद्घाटन गर्दै मन्त्री अर्यालले भनिन् 'पार्टीभित्रका समस्या छलफलबाट टुङ्गिन्छ', 'फुटको स्वाद लिएर आएका पार्टी फुट्दैनन्।'

बाहिर आए जस्तै पार्टीमा ठूलो समस्या नभएको उनकाे भनाइ छ ।

कार्यशैलीगत एजेण्डा छलफलबाटै मिल्छ भन्दै उनले जीवन्त तथा गतिशील पार्टीमा यस्ता छलफल स्वभाविक भएकाले आ-आफ्नो काम कर्तव्यमा केन्द्रित भएर लाग्न सबैमा आग्रह गरिन्।

शैक्षिक गुणस्तर वृद्धि गर्न सकिएन भने विकास सम्भव नहुने बताउँदै उनले सूचना र प्रविधिको युगमा विद्यालयको भौतिक संरचना, वातावरण, शैक्षिक सामग्री, शिक्षकलाई समेत सोहीअनुसारका तालिम दिएर अगाडि बढाउनुपर्नेमा जोड दिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077