Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय

काठमाडौं । विदेशी नागरिकलाई नेपाल प्रवेशमा मंसिर ३० गते मध्यरातसम्म रोक लगाईएको छ ।

तर, नेपालस्थित विदेशी कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था र गैर सरकारी संस्थामा काम गर्ने विदेशी र उनीहरुका परिवार चाहिँ ७२ घण्टाभित्रको ‘नेगेटिभ पिसिआर परिक्षण रिपोर्ट’ देखाएर नेपाल आउन सक्नेछन् । अध्यागमन विभागका अनुसार ५ वर्षमुनिका बाल बालिकाको हकमा पिसिआर रिपोर्ट आवश्यक छैन ।

‘अन्य विदेशी नागरिकललाई संस्थागत सिफारिसका आधारमा मात्र आगमन बिन्दुमा भिसा प्रदान गरिने छ’ अध्यागमन विभागले जारी गरेको सूचनामा भनिएको छ–‘परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय वा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा विदेशस्थित नेपाली कुटनैतिक नियोगको पूर्व स्वीकृति भए मात्र आगमन विन्दुमा भिसा जारी गरिने छ ।’

सरकारले नेपाल प्रवेश गर्ने सवै प्रवेशविन्दु र खुला सिमानाकाको जुनसुकै ठाउँबाट हुनसक्ने आगमन मंसिर ३० गते सम्म रोक्ने निर्णय गरेको हो । सो निर्णय ०७७ कार्तिक २४ मा मन्त्रिपरिषद् गरेको निर्णयको निरन्तरता हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077