Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१० हजार घुस लिने नायब सुब्बाविरुद्ध मुद्दा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० हजार घुस लिएको अभियोगमा वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा कार्यरत नायब सुब्बाविरुद्ध मुद्दा दायर गरेको छ ।

वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा कार्यरत नायब सुब्बा शिवशङ्कर महतोविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएकाे अख्तियारले जनाएकाे छ ।

फारामको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिइ आएका सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही समय पहिले महतोलाई पक्राउ गरेको थियो ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार बिगोअनुसारको कारवाहीको माग गर्दै महतोविरुद्ध मुद्दा दायर गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077