Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पाण्डेमाथि भएको दुर्व्यवहारको नारायणकाजीद्वारा कडा शब्दमा भर्त्सना

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा स्थायी कमिटी सदस्य एवं सांसद सुरेन्द्र पाण्डेमाथि चितवनमा भएको दुर्व्यवहार अतिनिन्दनीय एवं भर्त्सनायोग्य रहेको बताएका छन् । पाण्डेमाथि आज प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यकर्ताहरुले दुर्व्यवहार गरेका थिए ।

उनले ट्विट गर्दै भनेका छन्, 'आज चितवन जिल्लाको राप्ती नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अतिनिन्दनीय एवं भर्त्सनायोग्य छ। यसप्रकारको व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिस्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन । चेत होस् ।

पाण्डेमाथि भएको दुर्व्यवहारको वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले पनि वक्तव्य जारी गर्दै घटनाको छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

तत्कालीन एमालेको नवौँ महाधिवेशनमा महासचिवको उम्मेदवारसमेत रहेका पाण्डे ईश्वर पोखरेलसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077