Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेकपा भ्रष्टाचार विरोधी पार्टी हो : नेता भीम रावल

काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता  भीम रावलले  नेकपा पार्टी कुनै पनि हालतमा नफुट्ने, बरु एकजुट भएर जाने बताएका छन् ।

जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ बग्लेकमा कार्यकर्तासँगबोल्दै नेता रावलले पार्टीमा पछिल्लो समय आन्तरिक विवाद भए पनि पार्टी कुनै पनि हालतमा नफुट्ने बरु एकजुट भएर जाने बताए ।

उनले भने, “पार्टीमा विवाद छ तर फुट्ने कुरा छैन, विवाद समाधान गरेर पार्टी मजबुत भएर जानेछ ।”

नेता  रावलले यही १३ गते बोलाइएको सचिवालय र स्थायी कमिटी बैठकसँगै केन्द्रीय कमिटीको बैठकमा विवाद हुने अवस्था देखिए पनि सबै समस्या तथा मनमुटाव समाधान हुने दाबीसमेत गरे । उनले थप भने, 'नेकपा ठूलो पार्टी हो, ठूलो ठाउँमा विवाद भइहाल्छ, तर पार्टी नै फुटिहाल्छ भन्ने अवस्था छैन ।'

नेता रावलले नेकपाका सबै नेता लोकतन्त्रमा विश्वास राख्ने भएका कारण पार्टी कमिटीले गरेको निर्णय दुवै अध्यक्षले अनिर्वाय मान्नुपर्ने तथा मान्दिनँ भन्न कसैलाई छुट नभएको बताए ।

जनमतको कदर गर्नकै लागि भए पनि पार्टी हमेशा एकढिक्का भएर जानेसमेत उनले जानकारी दिए ।

नेता रावलले नेकपा भ्रष्टाचार विरोधी पार्टी भएकाले पार्टीमा भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कारवाही हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077