Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एक महिनापछि बाबुराम भट्टराई कोरोना मुक्त

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी श्रीमती हिसिला यमीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

भट्टराईले आइतबार ट्वीटरमार्फत आफूहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जनाएका हुन ।

भट्टराईले कोरोना भाइरसको महाव्याधिलाई एक्लाएक्लै जित्न नसकिने भन्दै सबैको समान प्रयास आवश्यक भएको समेत बताए ।

भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘एक महिनापछि कोभिड–१९ सँग हामी दुबैले युद्धविराम गरियो र नेगेटिभ रिपोर्ट प्राप्त गरियो। यो युद्धविराम हो, विजय हैन। यो महाव्याधीलाई एक्लाएक्लै जित्न सकिन्न, मानवजातिले संयुक्त रुपमा जित्नु पर्छ। अतः सबैले नियमित सुरक्षा विधि जारी राखौँ । शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई मुरीमुरी धन्यवाद ।'

भट्टराई दम्पतीलाई कार्तिक ७ गते कोरोना पोजेतिभ पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077